रसुवा केन्द्र भएको ४.३ म्याग्नीच्युडको भूकम्पको परकम्प

रसुवा केन्द्र भएको ४.३ म्याग्नीच्युडको परकम्प गएको छ। 
मंगलबार बेलुकी ६:५५मा उक्त परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प गएको ७ महिना नाघिसकेपनि अझै बैशाख १२को गोरखा भूकम्पको परकम्प गइरहेको हो। 
यसअघि गएको बिहीबार पनि सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्नीच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सेतोपाटीमा समाचार छ ।