गत वैशाख १२ को शक्तिशाली गोरखा भूकम्प पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छ । शुक्रबार दिउँसो पनि एकओटा पराकम्पन मापन भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार दिउँसो ३ बजेर २३ मिनेटमा काभ्रेको बनेपा आसपास केन्द्रबिन्दू भएर ४.१ म्याग्निच्यूडको पराकम्पन आएको छ । यो वैशाख १२ को भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।
यसअघि, बुधबार बिहानै (मंगलबार राति) सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर पछिल्लो पराकम्पन मापन भएको थियो ।
भूकम्प मापन केन्द्रले वैशाख १२ को भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४१४ ओटा पराकम्पन मापन गरिसकेको छ । इमेजखबरमा समाचार छ ।