सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले अघोषित नाकाबन्दी केही दिनमै हट्ने दाबी गरेका छन् ।
शुक्रबार गृहजिल्ला भोजपुर आइपुगेका मन्त्री राईले भारतको नाकाबन्दी खुल्ने सकारात्मक संकेतहरु देखिएको बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले तराई-मधेसमा आन्दोलनरत् दलहरुसँग बसेर वार्ता र संवादबाट निकास खोज्ने प्रयासमा सरकार रहेको बताए ।
समस्या समाधानका लागि सरकार लचिलो बनेको भन्दै उनले संवादबाटै निकास निकाल्नुको – इमेजखबरमा समाचार छ ।