व्यवस्थापिका-संसदको आज १३ः०० बजेका बस्ने

व्यवस्थापिका-संसदको आज बुधबार १३ः०० बजेका बस्ने भएको छ ।
संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले हिजो बुधबारका लागि पूर्वनिर्धारित बैठक सूचना टाँस गरी स्थगन गरिएको राससलाई जानकारी दिए ।
सभामुख ओनसरी घर्ती मुलुकबाहिर रहेको र सदनमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकमा प्रमुख राजनीतिक दल र आन्दोलनरत् दलबीच सहमतिको प्रयास भइरहेका कारण बैठक स्थगन गरिएको बताइएको छ ।  
संविधान संशोधनसम्बन्धी विधेयकमा राज्यका प्रमुख अंगमा समावेशी, समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने र कम्तीमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र कायम गरी बाँकी निर्वाचन क्षेत्र जनसंख्याका आधारमा तोक्ने प्रस्ताव गरिएको छ ।
त्यसमा सहमति जुटाउन पछिल्लो समय प्रमुख दल र आन्दोलनरत् दलबीच घनिभूतरुपमा वार्ता भइरहेको छ । रासस –