साधारण चीमबाट भन्दा बढी प्रकाश दिने चीम बिकसित

अमेरिकी बैज्ञानिकहरुको एक टोलीले साधारण चीमबाट भन्दा बढी प्रकाश दिने चीम बिकसित गरेका छन् ।
तयार पारिएको नयाँ चीमले हाल प्रयोगमा ल्याइएको चीम भन्दा दुई गुणा बढी प्रकाश दिने दाबी बैज्ञानिकहरुको छ । नयाँ चीमको बिकास संगै अव बिश्वभर सञ्चालनमा आइरहेको चीम बिस्थापन गरिने छ ।
अमेरिकाले भने बैज्ञानिकहरुले हालै तयार पारेको चीम प्रयोगमा ल्याइसकेको छ । यसअघिको चीमहरुबाट उर्जा खेर गएपछी अमेरिकी बैज्ञानिकहरु नयाँ चीमको बिकास गर्न सफल भएको हो ।
हाल बिश्वभर प्रयोगमा आइरहेको चीमका लागि चाहिने भोल्टेजमा बिकसित चीम बाल्न सकिने र सो चीमले दिने उज्यालो पहिलोको भन्दा २ प्रतिशत बढी हुने बैज्ञानिकहरुको दाबी छ । (एजेन्सी)