तीन दल र मोर्चाबीचको वार्तामा संविधान संशोधन र नाकामा जारी अवरोधका बारेमा छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहित तीन ठूला दल र मधेसी मोर्चाका नेताहरूबीच सोमबार वार्ता भएको छ। 
वार्तामा संविधान संशोधन र नाकामा जारी अवरोधका बारेमा छलफल भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए।  कांग्रेस एमाले र एमाअोवादीका शीर्ष नेता वार्तामा सहभागी थिए ।  
मोर्चाका केही नेताहरू बिहार गएका भएपनि तराई मधेस लोकतान्त्रिक पार्टीमा अध्यक्ष महन्थ ठाकुर काठमाडौं मै छन्। सेतोपाटीमा समाचार छ ।