नाकाबन्दीबारे मोर्चाभित्र खटपट,

अराजक बन्दै आन्दोलनकारी

यसैबीच संविधान संशोधनपछि सुस्ताएका आन्दोलनकारी नेपाली कांग्रेसको अधिवेशन विथोल्ने नाममा अराजक प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीइ समावेशी मधेसी गठबन्धनका कार्यकर्ताले जनकपुरमा सोमबार छानीछानी कांग्रेस सांसदको घर आगजनी र तोडफोड गरे ।

आन्दोलनकारीले पूर्वमन्त्री विमलेन्द्र निधिको घरमा आगजनी गर्नुका साथै सांसदहरु आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव र लीला कोइरालाको घरमा एकैसाथ ढुंगामुढा गरेका थिए ।