पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, शोकमा भोलि सार्वजनिक बिदा

मन्त्रिपरिषद्को आकस्मिक बैठकले राति निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा र गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
कोइरालाको निधनले स्तब्ध भएको भन्दै मन्त्रिपरिषदले शोकमा भोलि बुधबार १ दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । यस्तै, आजदेखि तीन दिनसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यी तीन दिन कुनै औपचारिक सरकारी कार्यक्रम पनि गरिने छैन ।
माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा शोक पुस्तिका राखिने छ । ईकान्तिपुरमा समाचार छ ।