प्रधानमन्त्री केपी ओली भारतको राजकीय भ्रमण क्रममा नयाँ दिल्लीमा

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा शुक्रबार दिउँसो नयाँ  दिल्ली पुगेका छन् । 
४६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार ३ बजे नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका थिए । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्न लागेका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल रहेका छन् ।
यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका-संसदका विभिन्न पार्टीका सदस्य, मुख्यसचिव डा. सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सन्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निवासमा रहने छन् ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध  सुदृढ पार्नेलगायतका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्यबारे पनि छलफल हुने बताइएको छ ।
त्यस्तै, आपसी सम्बन्धको चिसोपना अन्त्य, भारतको सहुलियत ऋणको उपयोग, व्यापार र पारवहन, विज्ञान, प्रविधि, स्वास्थ्य र पुनःनिर्माण, सामाजिक र सांस्कृतिक सहयोग आदानप्रदान, पञ्चेश्वर आयोजनाको शीर्ष सन्चालनलगायतका विषयमा छलफल गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री ओली शुक्रबार बेलुका दिल्ली पुगेपछि त्यहाँ नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत् कार्यक्रममा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली शनिबार भारतीय राष्ट्रपति भवनमा हुने विशेष स्वागत् समारोहमा सहभागी हुनेछन् ।
त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
प्रधानमन्त्री ओलीले शनिबारै हैदरावाद भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आपसी हितका विषयमा वार्ता गर्नेछन् ।
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग पनि भेटवार्ता गर्नेछन् ।
उनले भारतीय विश्व सम्बन्ध परिषदका साथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
उनी प्रमुख भारतीय सन्चारमाध्यम र नेपाली समुदायसँगको एउटा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले उत्तराखन्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नुकासाथै गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यबारे जानकारी लिनेछन् ।   इमेजखबरमा समाचार छ । 
भ्रमण टोलीमा को को छन् ?
१) प्रधानमन्त्री केपी शर्मा ओली
२) प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य
३) उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा
४) अर्थ मन्त्री विष्णुप्रसाद पौडेल
५) गृह मन्त्री शक्तिबहादुर बस्नेत
६) प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल
७) राष्ट्रिय पुनर्निर्माण प्राधिकणका सिइओ सुशील ज्ञवाली
८) प्रधानमन्त्री ओलीका निजी सचिव इन्द्रप्रसाद भण्डारी
सांसदहरु
९) भानुभक्त ढकाल
१०) राजन भट्टराई
११) लालबाबु यादव
१२) हितराज पाण्डे
१३) जितेन्द्रनारायण देव
१४) बिक्रम पाण्डे
१५) सीमाकुमारी बिक
१६) भक्तबहादुर विश्वकर्मा खपाङगी
१७) शिवकुमार मण्डल केवट
१८) ऐइन्द्र सुन्दर नेम्वाङ
१९) नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी
२०) परराष्ट्र सचिव शंकरदास वैरागी
२१) उर्जा सचिव सुमनप्रसाद शर्मा
२२) बाणिज्य सचिव नइन्द्रप्रसाद उपाध्याय
२३) भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुन कुमार कार्की
२४) प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार गोपाल खनाल
२५) लगानी बोर्डका सिइओ राधेश पन्त
२६) परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश कुमार सुवेदी
२७) चिफ अफ प्रोटोकल रमेशप्रसाद खनाल
२८) अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल
२९) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फनिन्द्र गौतम
३०) प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद कुमार सिंह
३१) प्रधानमन्त्री ओलीका निजी चिकित्शक डा. दिव्या सिंह
३२) प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्राचार्य
३३) परराष्ट्र मन्त्रालयका उपसचिव भरतकुमार रेग्मी
३४) प्रधानमन्त्री ओलीका अंग रक्षक भुवन खत्री
३५) सुरक्षा अधिकृत डिसपी सन्तोष तामाङ
३६) परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद ओडारी
३७) प्रोटोकल अफिसर चक्रकुमार सुवेदी
३८) सहयोगी शितल बज्राचार्य
भारतका लागि नेपाली दूतावासका प्रतिनिधिहरु
३९) राजदूत दीपकुमार उपाध्याय
४०) कार्यकारी प्रमुख कृष्णप्रसाद ढकाल
४१) ढुन्डिराज पोखरेल
४२) तिर्थराज वाग्ले
पत्रकारहरु
४३) नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली
४४) नेपाल टेलिभिजनका क्यामेरा म्यान पुरुशोत्ताम घिमिरे
४५) राष्ट्रिय समाचार समितिका प्रतिनिधि प्रकाश सिलवाल
४६) दृष्टी साप्ताहिकका प्रमुख सम्पादक शम्भु श्रेष्ठ
४७) रेडियो नेपालका प्रतिनिधि गोविन्द चिमोरिया
४८) स्टील फोटोग्राफर आनन्दराम डंगोल