सोमबार (आज) अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।
जिल्लाको सेलिमात्चो ताल आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए ।
गत वैशाखमा गएको शक्तिशाली भूकम्पपछि स-साना पराकम्पन आउनेक्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उनले बताए । रासस