चिनियाँ राष्ट्रपतिद्वारा नेपाल र चीनबीचको मित्रतालाई अघि बढाएर यी दुई मुलुकलाई ‘साझा भाग्यका समुदाय’ बनाउनु पर्ने उल्लेख

 चिनियाँ राष्ट्रपति सी जिनपिंङले नेपाल र चीनबीचको मित्रतालाई अघि बढाएर यी दुई मुलुकलाई ‘साझा भाग्यका समुदाय’ बनाउनु पर्ने बताएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, प्रधानमन्त्री केपी ओलीलाई हिजो ग्रेट हलमा स्वागत गर्दै चिनियाँ राष्ट्रपतिले भने,’हाम्रो पारम्परिक मित्रता र व्यवहारिक सहयोगलाई बढाउँदै दुई मुलुकलाई “साझा भाग्यका समुदाय” बनाउनु पर्छ। ‘विकासशील राष्ट्रका रुपमा नेपाल र चीन सुधार र विकासका एतिहासिक कार्यभार उठाइरहेका छन्,’ चिनियाँ राष्ट्रपतिले भने।
उनले नेपाल र चीनलाई स्वतन्त्र व्यापार क्षेत्रको रुपमा विकास गर्न द्रुत गतिमा काम गर्नु पर्ने सुझाउँदै ‘कन्नेक्टिभिटी’ तथा उर्जाका क्षेत्रमा सहयोग बढाउनु पर्ने बताए। साथै उनले नेपालको भूकम्प पछिको पुनर्निर्माण र औद्योगिक क्षमता बढाउन पनि काम गनु पर्ने जनाए। ‘दुई मुलुकले पर्यटनको विकासमा जोड दिनुका साथै शिक्षा र सांस्कृतिक क्षेत्रको सहयोग बढाउनु पर्छ। युवा र आम सञ्चार क्षेत्रको आदान प्रदानलाई पनि बढाउनु पर्छ,’ चिनियाँ राष्ट्रपतिले भने।
सहयोग अभिबृद्धीका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्मेन्ट बैंक र संघाई कोअपरेसन ओर्गनाइजेसन जस्ता लगानी संस्थाहरुको उपयोग गर्न पनि जिनपिङले सुझाए। चिनियाँ राष्ट्रपतिले सीले नेपाल र चीन अत्यन्त निकट छिमेकी र स्थायी मित्र रहेको भन्दै पञ्चशीलका पाँच आधारभूत सिद्दान्तका आधारमा मित्रता कायम रहेको बताए।
चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहयोगको प्रसंग उठाउँदै सीले भने,’ नेपालले चीन र भारतमा भएका विकासबाट फाइदा लिन सक्छ।साथै नेपालको विकास र स्थायित्व उसका दुई ठूला छिमेकीको हितमा छ।’ सेतोपाटीमा समाचार छ ।