युरोपेली युनियन र भारतले ‘नेपालको संविधान अपूरो रहेको’ भन्दै वक्तव्य निकालेकोप्रति नेपाल सरकारले आपत्ति

युरोपेली युनियन र भारतले ‘नेपालको संविधान अपूरो रहेको’ भन्दै वक्तव्य निकालेकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई अपूरो भन्दै वक्तव्यबाजी गर्नुले नेपाली जनताको भावनामा चोट चोट पुर्‍याएको’ बताएको हो ।
‘संविधान निर्माण नेपालको नितान्त आन्तरिक मामिला हो’ भन्दै विज्ञप्तिमा ‘संविधान जारीपछि नेपाल विकास निर्माणको बाटोमा अघि बढिसकेको’ उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ- इयु र भारतको वक्तव्यबाट राष्ट्रसंघीय वडापत्रमा उल्लेखित अहस्तक्षेपको आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ ।’
भारत र युरोपेली युनियनलाई नेपालको सार्वभौमसत्ता र प्रजातान्त्रिक अधिकारको सम्मान गर्न पनि र यसखालका अनावश्यक वक्तव्यबाजी नगर्न पनि नेपाल सरकारले आग्रह गरेको छ । 
                                                             शुभकामना सन्देश सम्बन्धी सूचना
       हजुरहरु पनि आफ्नो फोटो सहित आफ्ना परिवार तथा इष्टजन प्रति शुभकामना ब्यत्त गर्न चाहनुहुन्छ भने,तोकिएको शुल्क                        सहित निम्न ईमेल ठेगानामा संपर्क गरी विवरण पठाउन सक्नुहुनेछ । –  अर्घाखाँची डट्कम् परिवार 
                                                         ईमेल : umakantapandey@sandhikharka.com
                                                                   वा info@sandhikharka.com
नयाँबर्ष २०७३ सालको पावन अवसरमा सम्पूर्ण पाठकवर्ग , विज्ञापनदाता, देश तथा बिदेशमा रहनुहुने हाम्रा सम्वादाता तथा यस् अर्घाखाँची डट्कमका शुभचिन्तकहरुमा हार्दिक मगंलमय शुभकामना ब्यत्त गर्दछौ । – अर्घाखाँची डट्कम् परिवार