काठमाडौंस्थित युरोपेली सङ्घलाई विरोधपत्र

काठमाडौं, २६ चैत । युरोपेली सङ्घ र भारतबीचको १३ औं सम्मेलनको अन्त्यमा जारी वक्तव्यमार्फत् नेपालको आन्तरिक मामिला र सार्वभौमिकतामाथि हस्तक्षेप गरेको विरोधमा शुक्रबार नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौंस्थित युरोपली सङ्घको नियोगमार्फत युरोपेली सङ्घलाई विरोधपत्र बुझाएको छ । 
विरोधपत्र बुझाउन युवा-विद्यार्थीहरूको जुलुस जमलदेखि नियोगको कार्यालय लैनचौरसम्म पुगेको थियो ।
ज्ञापनपत्र बुझाउन नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाको नेतृत्वमा गएको एक प्रमण्डलले नियोगका प्रमुख राजदूत रेन्सजी टिरिन्कसित भेट ग-यो ।
ज्ञापनपत्र बुझाउ