मंगलबार साँझदेखि काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भेगमा हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बंगालको खाडीबाट जल वाष्पसहितको हावा आइरहेको र पश्चिमी वायु पनि सक्रिय हुने भएकाले मंगलबार दिउँसो बादल लाग्ने र साँझदेखि पानी पर्ने महाशाखाले जनाएको हो।
महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने र बिहिबारदेखि मौसम सफा रहने सेतोपाटीलाई बताए। ‘उपत्यकासहित पूर्वी भेग र पश्चिमी पहाडमा दुई दिन वर्षा हुन्छ’, श्रेष्ठले भने। सेतोपाटीमा समाचार छ ।