सरकारद्वारा आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा
बैशाख २६ गते, २०७३ मा प्रकाशित
सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने भएको छ।
आगामी वर्षका सरकारका नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरमा स्थानीय निकायको चुनाव गरिने बताइन्।
भण्डारीले संघीय संरचना अनुरुप स्थानीय तहको संरचना तय गर्न समय लाग्ने भएको कारण अन्तरिम समयका लागि स्थानीय निर्वाचन मंसिर महिनामा गरिने बताइन्। सेतोपाटीमा समाचार छ ।