मोहन वैद्य नेतृत्वको माओवादी पार्टी फेरि विभाजित भएको छ ।
सो पार्टीका महासचिव रामबहादुर थापापक्षले शनिबार थापालाई अध्यक्ष घोषणा गरेपछि नेकपा क्रान्तिकारी माओवादी औपचारिकरुपमै विभाजित भएको हो ।
थापापक्षले एकीकृत माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ ।
वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरेपनि वैद्य तयार नभएपछि थापा पक्षले पार्टी नै टुक्र्याएको हो । –
नेवा: राज्य समितिको कार्यालय कुपण्डोलमा बसेको बैठकले महासचिव रामबहादुर थापालाई संयोजक तोकेको नेता देव गुरुङले जानकारी दिए । कम्युनिष्ट पार्टीलाई गतिशील बनाउन बैठकहरु आयोजना हुन्छन्, अलग्गै बसेको केन्द्रीय समितिको बैठकबारे गुरुङको प्रतिक्रिया थियो, हामी सघन छलफलमा छौं ।
माओवादी केन्द्रीय सदस्य रामदीप आचार्यले बहुमत केन्द्रीय सदस्यको उपस्थितिले थापाको संयोजनमा एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए । वैद्य कमरेडले अनिश्चितकालीन बैठक स्थगित गरेर एकता रोक्नुभयो,