प्रधानमन्त्री ओलीद्वारा जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको बताएका छन् ।
विराटनगर-५ खार्जीमा रेडियो नेपालका संस्थापक स्वर्गीय तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जनताका जायज माग वार्ता, छलफल, सहमति, सहकार्य र संविधान संशोधन गरेर समाधान गर्न सरकार तयार रहेको बताएका हुन् । उनले आन्दोलनरत मधेसी दललाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गरे ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ नीति ल्याएर देशको सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मवार, उत्तरदायी र व्यवसायीक बनाउन सरकार क्रियाशील रहेको बताए ।
कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सञ्चारग्राम निर्माणका लागी ७ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।
८ करोड रूपैयाँको लागतमा निर्माण हुने सञ्चारग्राममा करिब ३ सय जना अट्ने हल र अर्को मिट द प्रेस हल, रेडियो नेपालको प्रशारण स्टुडियो, गीत रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गीत संगीतका कार्यक्रम सञ्चालन गर्ने कोठाहरु हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिए । इमेजखबरमा समाचार छ ।