काठमाडौंको दशरथ रंगशालामा नयाँ नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ ।
संयोजक बाबुराम भट्टराईले सम्बोधन गर्दै औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका हुन् ।
यसअघि यसलाई नयाँ शक्ति नेपाल अभियान नाम दिइएको थियो ।
घोषणा कार्यक्रममा देशभरबाट सहभागी छन् ।
तत्कालिन एमाओवादी पार्टी परित्याग गरेका भट्टराईले आर्थिक क्रान्तिको एजेण्डासहित नयाँ शक्ति नाम दिएर नयाँ पार्टी स्थापना गरेका हुन् ।
भट्टराईले आज रंगशालामा उपस्थित भएकाहरुलाई पार्टीको सदस्यको रुपमा सामूहिक सपथ पनि गराएका छन् । कान्तिपुरमा समाचार छ ।