नयाँ सरकार गठनका सम्बन्धमा अल्पमतमा परेको सत्तारुढ गठबन्धन र संसदमा बहुमतसहित सत्ताबाहिर रहेका पार्टीहरुबीच नयाँ सरकार गठनलाई लिएर मतभेद चर्किंदै गएको छ।
प्रधानमन्त्री केपी ओलीले नै आफूलाई अविश्वास प्रस्तावबाट पदमुक्त गरिए पनि नयाँ सरकार बन्ने संवैधानिक बाटो नरहेको जिकिर गरेका छन्। शनिबार साँझ सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले संविधानमा नयाँ सरकार गठनको व्यवस्था नभएको तर्क मात्र गरेनन्, आफू संविधानअनुसार चल्ने जनाउ पनि दिए।
केही दिनअघि पार्टी संसदीय दलमा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए, तपाईंहरु कुनै खेल खेल्न नजानेर यहाँ बसेको होइन। खेल सुरु भए पनि खेल्न अझै बाँकी छ। यो सरकार पनि विगतमा एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकार सात महिना कामचलाउ भएर चलेजस्तै चल्न सक्छ।
अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस एमालेले भने संविधानको जुन धाराबाट सरकार पदमुक्त हुन्छ, त्यही धाराबाट नयाँ सरकार गठन हुने भनिरहेका छन्। यसमा कुनै संवैधानिक अलमल नरहेको उनीहरुको तर्क छ।
एमाले सांसदहरु भने यो तर्क मान्न तयार छैनन्।
संविधान र संसदीय नियमावलीमा अहिलेको सरकार हटाउने व्यवस्था भए पनि नयाँ सरकार गठन कुन आधारमा हुन्छ



