प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुग्दैमा जे पनि गर्न नपाउने भन्दै सभामुख ओनसरी घर्तीप्रति असन्तुष्टि राखेका छन् । बजेटसम्बन्धी विधेयक रोकेर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा अगाडि बढाएपछि असन्तुष्ट प्रधानमन्त्रीले बिहीबार बिहान सभामुखले डाकेको बैठकमा विधि नमिच्न आग्रह गरे ।
संसद विधिले चलाउने कि बहुमतले ?, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, बहुमतले चलाउने हो भने जे गरे पनि भइहाल्यो नि, किन सोध्दै हिंड्नुपर्यो ?
प्रधानमन्त्रीले आफू संसदीय मूल्य मान्यताविपरीत नभएको भन्दै विगतका अभ्यासअनुसार कारबाही अगाडि बढाउन सभामुखलाई आग्रह गरे । यस्ता विषयमा कम्तिमा जानेबुझेकालाई पनि सोध्नुपर्छ र अघि बढ्नुपर्छ, उनको भनाइ थियो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्तावको कार्यसूची अब तलमाथि गर्न नमिल्ने बताए ।
बैठकमा शीर्ष नेताहरुबाहेक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उपसभामुख गंगाप्रसाद यादव, माओवादी नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पनि उपस्थित थिए ।
यसैबीच एमालेले संसद अबरोधका लागि बाध्य बनाउन खोजिएको आशंका गरेको नेताहरुले बताएका छन् ।
एक नेताका अनुसार एमालेले सत्तापक्षले नै संसद अवरोध गरेको प्रचारवाजी गराउन सभामुखले जबरजस्ती अविश्वासको प्रस्ताव अगाडि बढाउन तयारी गरेको बताए



