प्रमुख दलहरुद्वारा नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता

रासस
काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भइ नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेशसमेत जारी भइसकेको छ ।
नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रारम्भमा सहमतिका आधारमा सरकार गठन गर्न ७ दिनको समयसीमा तोकेर आह्वान हुनेछ ।
तर, संविधान, संसदीय अभ्यास र परम्पराअनुरुप सहमतिको सरकार गठन गर्न राष्ट्रपतिबाट प्रदान गरिने ७ दिनको अवधिभित्र सहमतिको सरकार गठन गर्ने सम्भावना भने न्यून देखिएको छ ।
प्रधानमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले व्यवस्थापिका