दाहाल नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी हुदैन : माधवकुमार नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी हुने अवस्था नरहेको बताएका छन् ।


दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवले सञ्चालन गर्ने एम्बुलेन्स सेवा शुभारम्भ गर्न आएका पुर्वप्रधानमन्त्री नेपालले दाहालले सहमतीय सरकारमा आउन आग्रह गरेपनि त्यो सम्भावना नरहेको बताए ।
बन्न लागेका प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव गर्नुभएको थियो, तुरुन्ता तुरुन्तै एमाले सरकारमा जाने अवस्था छैन, उनले भने, सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि छलफल गरेको भए केही सहमति खोज्न सकिन्थ्यो ।


पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै सहमतीय रुप दिनुपर्ने तर्क गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको कारण सो सम्भव हुन नसकेको आरोप लगाए । हिजो सुशील कोइरालाले नेतृत्व गर्दा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनायौँ, अहिले कांग्रेसका नयाँ सभापतिले सहमतीय सरकारको परिभाषा फेेर्नुभयो, उनले भने, संविधान बनाउने र लागु गर्ने अवश्था, चुनाव गराउनुपर्ने आदी संक्रमणकालिन अवश्थामा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुपर्छ, त्यसो हुँदा संविधान संशोधन लगायतका जटिलता फुकाउन दुई तिहाई हुन जरुरी छ ।


उनले गाउँपालिका गठन गर्ने सरकारको निर्णय ठिक नभएको भन्दै आलोचना गरे । गाउँलाई गाउँ नै भन्नुपर्छ, इलाकालाई गाउँपालिका भनेर हुँदैन, उनले भने, ३ वटा किशोर जम्मा गरेर त्यसलाई नौजवान भयो भन्न मिल्दैन ।कान्तिपुरमा समाचार् छ् ।