सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल विधार्थी संघका नब निर्बाचित केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले विधार्थीहरुको हक र अधिकार सुनिश्चित गर्नका लागि अाफुले डटेर काम गर्ने बताउनु भएको छ ।
बरिस्ठ नेता रामचन्द्र पौडेलका बिस्वास पात्रको रुपमा चिनिएका नबनिर्वाचित उपाध्यक्ष रानाले अन्य प्रतिसपर्धि हरुलाई ठुलो अन्तरले पराजित गरेपछि सन्चार कर्मि हरु लाई प्रतिक्रिया दिदै रानाले अाफ्नो जित सबै बिधार्थिहरुको अधिकारको जित भएको दाबि गर्नु भयो ।
सालिन सभाब र बुटवलमा लामो समय काङ्ग्रेस सगै बिधार्थि राजनिती गरेका युबा बिधार्थि नेता राना अर्घाखाँची को जनज्योति उच्च मा बि चुत्राबेसि बाट राजनीतिक यात्रा शुरु गरेका लुम्बिनी का चर्चित नेता हुन । रानाले उपाध्यक्षमा जितेपछि अर्घाखाँची बासिले समेत उनलाई बधाई दिएका छन।
अर्घाखाँची को ठुलापोखरामा जन्मिएका प्रकास रानाले हाईस्कुल चुत्राबेसि को जनज्योति उमाबि बाट पास गरेपछि रुपन्देही लाई राजनीतिक थलो र कर्म थलो बनाएका राना बिधार्थि हरुको पक्षमा काम गर्ने नेताको रुपमा स्थापित भएको बिधार्थि नेताको रुपमा चर्चित छन।
रानाले अाफुलाई मतदान गर्ने मतदाता सहयोग गर्ने सुभचिन्तक मतदानमा सहयोग गर्ने सबै तह र तप्काका लाई धन्यवाद समेत ज्ञापन गरेका छन ।