प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि विशेष अभियान चलाउने भएको छ। संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान कात्तिकबाट सुरु भएर माघमा सकिने एमालेले जनाएको छ। एमालेको राजधानीमा सम्पन्न सातौ केन्द्रीय समितिको बैठकले कात्तिकदेखि चार महिने अभियान चलाउने निर्णय गरेको हो।
अभियानका संविधान निर्माण र सरकार सञ्चालमा पार्टीले खेलेको भूमिका, सरकारमा रहेका बेला देश र जनताका पक्षमा हासिल गरेका उपलब्धिको प्रचार, संविधान कार्यान्वयन हुन नदिने, राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्ने, सामाजिक सद्भाव खलबल्याउने लगायत पार्टीविरुद्ध भएका षड्यन्त्रलाई भण्डाफोर गर्ने लगायतका उद्देश्य रहेको सो पार्टीले जनाएको छ।
अभियानको अन्तमा सात प्रदेश मुख्य शहरमा सभा गर्ने भएको छ। विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी सभा गरिने एमालेले जनाएको छ।सेटोपाटीमा समाचार छ ।