नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई जसरी पनि पारित गराउनुपर्ने निष्कर्ष निकालेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने गरी अन्य दलहरुसाग छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले संसदीय दलका सचेतक गोकुल घर्तीले सबै दलहरुलाई महाअभियोग प्रस्तावको पक्षमा उभिने माहोल बनाउने गरी राजनीतिक छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
सचेतक घर्तीका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी ओलीले संविधान, नियम, प्रक्रिया उल्लंघन गर्दै कार्की अगाडि बढेकोले महाअभियोग प्रस्ताव लैजानुपरेको ब्रिफिङ गरेका थिए । बैठकमा ओलीले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिादै भने, हामी पानीमा हाम्फालीसकेका छौं, अब पौडेर निस्कन्छौं ।
अख्तियार प्रमुख कार्कीलाई हटाउन बुधबार एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्तासाग अख्तियार प्रमुख कार्की स्वत: निलम्बनमा परेका छन् । उनीविरुद्धको प्रस्तावमा बिहीबार संसदमा छलफल गर्ने कार्यसूचि थियो । तर, दलहरुले महाअभियोग प्रस्ताव अगाडि बढाउनेबारे थप गृहकार्य गर्न भन्दै समय माग गरेपछि संसद बैठक आइतबारसम्मका लागि सारिएको छ ।
कान्तिपुरबाट