शेखर कोइरालालाई अर्घाखाँची कांग्रेसको भब्य स्वागत

सञ्जय पाण्डे निस्चल 
अर्घाखाँची । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सवैभन्दा बढि मत ल्याएर केन्द्रिय सदस्य बनेका डा शेखर कोइरालालाई  अर्घाखाँची कांग्रेसले भब्य स्वागत गरेको छ।
सोहि अबसरमा नेता कोइरालाले कार्यकर्तालाइ एकताबद्ध भएर आगामि चुनावमा नेपाली कांग्रेसलाइ सवै क्षेत्रमा बिजयी बनाउन र सोहि अनुसार लाग्न निर्देशन दिनुभएको छ। 
लोकतान्त्रिकपार्टिमा सामान्य बिबाद र बिचारको संघर्ष चलिरहने र ति विवाद आपसि सहमति र सहकार्यमा मिलाउनुपर्छ, सवै कुरामा केन्द्रको मुख ताक्ने र पक्षबिपक्ष भएर नेतालाइ गुहार्ने परम्परा तोडेर जिल्लाको समस्या जिल्लामै सुल्झाउन र बहुमतको निर्णय सवैले मान्नुपर्छ भन्दै कार्यकर्तालाइ कति पनि बिचलित नभइ संविधान कार्यान्वयन, शान्ति र लोकतन्त्रको पक्षमा दृढताका साथ उभिन आग्रह गर्नुभएको छ