काठमान्डौमा प्रधानमन्त्री प्रचण्डको पुतला जलाउनुका साथै सवारी आवागमनमा अवरोध

    
      सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा एमाले कार्यकर्ताहरु बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले राजधानी लगायतका मध्यपश्चिमका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।

राजधानीका विभिन्न सरकारी क्याम्पसअगाडि समेत अनेरास्ववियुका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। घन्टाघरमा रहेको त्रि-चन्द्र कलेजअगाडि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाउनुका साथै सवारी आवागमनमा अवरोध पुर्‍याएका छन् ।

कान्तिपुरबाट