राष्ट्रपति भवन शितल निवासमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो।
बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका नेताहरु सहभागी छन् ।
संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल एमाले लगायत केही पार्टी संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर सडक र सदनमा आन्दोलन गरिरहेका छन् भने सत्ता पक्ष आ आफ्नै गृहकार्यमा छन्। दलहरुबीच देखिएको तिक्तता हटाउने प्रयास राष्ट्रपति भण्डारीले थालेकी हुन्। सेतोपाटीले लेखेको छ ।