नेकपा एमालेका अध्यक्ष केपी शर्मा
ओलीले संविधान संशोधन विधेयक फिर्ता लिनुको विकल्प सरकारसँग नभएको दाबी गरेका छन्
।
एमालेसहितको ९ दलले शुक्रबार (भोलि)
राजधानीमा गर्ने शक्ति प्रदर्शनबारे जानकारी दिन विहीबार एमाले मुख्यालय
धूम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सर्वोच्च अदालतको फैसलापछि विधेयक
फिर्ता लिनुको विकल्प छैन भने ।
संसदमा जबर्जस्ती गर्न खोजे त्यसको प्रतिकार पनि
कडै हुने ओलीको चेतावनी थियो । सरकारले राष्ट्रिय पुनःनिमाण प्राधिकरणका प्रमुख
कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीलाई हटाएकोप्रति रोष प्रकट गर्दै उनले ज्ञवालीले
पैसा नदिएका कारण उनलाई सरकारले हटाएर घटिया काम गरेको बताए । शुक्रबार हुने प्रदर्शनअघि राजधानीका ४० भन्दा बढी
स्थानबाट जुलुस निकाल्ने तयारी विपक्षी दलहरुले गरेका छन् ।
संविधान संशोधन प्रस्तावविरुद्ध रहेका एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाः राष्ट्रिय पार्टी, जनमुक्ति पार्टी, परिवार दल, मधेस समता पार्टी र नेपाल मजदुर किसान
पार्टीले शुक्रबार राजधानीमा प्रदर्शन गर्न लागेका हुन् ।
भिडियो हेर्नुहोस



