प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड

सप्तरी- मलेठ घटनाको विरोधमा आन्दोलनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा तोडफोड गरेका छन्। राजविराज ९ स्थित प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चाका कार्यकर्ताले वुधबार बिहान ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन्।
यस्तै सोही वडामा रहेको एमाले सांसद रन्जु ठाकुरको सम्पर्क कार्यालय तथा एमाले नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कमानन्द देवको घरमा समेत मोर्चा कार्यकर्ताले तोडफोड गरेका छन्।  – जितेन्द्रकुमार झा