जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने

आगामी ५ वर्षभित्रमा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने महत्वाकांक्षी योजना सहित नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा ल्याइएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार पारिएको जैविक ऊर्जा रणनीतिको बुधबार वातावरण मन्त्री जयदेव जोशीले सार्वजनिक गरेका छन् । 
परम्परागत तरिकाले प्रयोग हुंदै आएको दाउरा, गुँईठा जस्ता ऊर्जाका स्रोतलाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्नका लागि र वातावरण संरक्षण गर्ने उद्धेश्यले उक्त नीति कार्यान्वयनमा ल्याइएको मन्त्री जोशीले बताए । जैविक ऊर्जा नीतिले एलपी ग्यासमा बढिरहेको परनिर्भरता हटाई इन्धन आयातमा समेत कमि ल्याउन रणनीति सहयोगी हुने सरकारको विश्वास छ । शहरी क्षेत्रबाट उत्पादन हुने फोहोरबाट ऊर्जा उत्पादन गरि फोहोरमैला व्यवस्थापनमा सहयोग पुर्याउने र आधुनिक जैविक ऊर्जाको विकास गर्ने नीति सरकारले लिएको छ । यसले वन जंगल र वातावरणको संरक्षण हुनुका साथै जैविक ऊर्जाको उचित प्रयोगबाट जैविक स्रोत र साधनको सदुपयोग हुने मन्त्री जोशीले बताए ।
सरकारले लिएको लक्ष्य प्राप्तिका लागि बायोडिजेल र बायोइथानोलको प्रयोगबाट डिजेल र पेट्रोलको प्रयोगमा कमि ल्याउनका लागि कृषिजन्य अवशेष तथा जैविक फोहोरलाई उपयोग गरि दिगो जैविक ऊर्जाको उत्पादनमा बृद्धि गर्ने रणनीतिमा उल्लेख गरिएको छ । यसबाट नेपालका सबै घरधुरीमा स्वच्छ ऊर्जाका खाना पकाउने प्रविधि पुग्ने मन्त्रालयले बताएको छ । सरकारले सन् २०२२ सम्ममा आधुनिक जैविक ऊर्जा प्रविधिको प्रबद्र्धन गरि घरभित्रको धुवाँमुक्त नेपाल बनाउने र २०३० सम्ममा ठोस इन्धन प्रयोग गरि सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने दावी गरेको छ । यसका लागि सरकारले विभिन्न निकाय र संस्थाहरुको सहयोगलाई एकद्वार प्रणाली अपनाएर कार्यान्वयनमा लैजानका लागि वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय समितिको गठन गरेको छ । 
नेपालमा हालसम्म वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र मार्फत लघु तथा साना जलविद्युत आयोजनाबाट देशभर २९ मेगावाट विद्युत उत्पादन, १३ लाख भन्दा बढि सुधारिएको चुलो, ३ लाख ८० हजारभन्दा बढि बायोग्यास प्लाण्ट, ६ लाख ५० हजारभन्दा बढि सौर्य ऊर्जा प्रणाली जडान भै सकेको छ । तरपनि ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा परम्परागत दाउरा लगायतका ऊर्जाको प्रयोग भइरहेको छ । यसलाई पूर्ण रुपमा विस्थापित गरि सरकारले नेपाललाई धुवाँमुक्त बनाउने लक्ष्य लिएको छ । 
नेपालमा गरिएको एक अध्ययन अनुसार वार्षिक करीव ७ हजार ५ सय व्यक्तिको मृत्यु घरभित्रको वायुप्रदुषणले गर्दा लाग्ने विभिन्न रोगबाट हुने गरेको पाईएको छ । हालै सम्पन्न