राष्ट्रिय जनमोर्चा प्यूठान-काठमाडौं सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न

काठमाडौं । स्थानीय निकायको चुनावमाथि केन्द्रित हुदै राष्ट्रिय जनमोर्चा प्यूठान-काठमाडौं सम्पर्क समितिको प्रशिक्षणात्मक भेला चैत्र २६ गतेका दिन बागबजारमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंहको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । 
भरत भण्डारीको संचालन तथा समिर सिंहको अध्यक्षताका साथ अगाडि बढेको सो भेलालाई कानुन व्यवसायी पदम रोका, किसान संघका महासचिव चक्रपाणी पौडेल, उद्योग व्यवसायी ज्ञामुराम न्यौपाने, सम्पर्क समितिका निर्वतमान अध्यक्ष गुणप्रसाद आचार्य लगायतले संबोधन गर्नु भएको थियो । 
सो भेलाले बैशाख २ गते गाऊपालीकास्तरिय भेला गर्ने गरी विभिन्न इन्चार्जहरुको समेत चयन गरेको छ जसमा प्यूठान नगरपालिका-भरतमणि भण्डारी, स्वर्गद्धारी नगरपालिका-धनीराम खनाल, गौमुखी गाऊपालिका-रामबहादुर बुढा, झिम्रुक गाऊपालिका-हिमाल विक्रम जि.सी., ऐरावती गाऊपालिका-गुणप्रसाद आचार्य, मल्लरानी गाऊपालिका-हुमराज पौडेल, स्वरुमारानी गाऊपालिका-सिर्जना जि.सी.हुनुहुन्छ।