एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संबिधान संशोधन बिना नै मधेसमा निर्बाचन हुने बताएका छन् ।
एमाले मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले भने, संविधान संशोधन संघीय संसदले मात्रै गर्ने संवैधानिक व्यवस्था रहेकोले संबिधान संशोधन बिना नै मधेसमा चुनाव हुन्छ, कसै कसैले रोक्न सक्दैन । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि गरेको संबिधान संशोधन असंवैधानिक भएको बताए । उनले पहिले निर्वाचन अनिमात्रै आवश्यक्ता हेरेर समस्या समाधानका लागि संविधान संशोधन गरिने बताए ।
उनले सरकारलाई दोस्रो चरणको निर्वाचन कार्यक्रम तत्काल घोषणा गरेर प्रदेश र केन्द्रको निर्बाचनको तयारी थाल्न माग गरे ।
एनले पहिलो चरण निर्बाचनको जारी मत गणनामा सत्ताधारी पार्टीले धाँधली गरिरहे एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।
पहिलो चरणको निर्बाचनमा प्राप्त परिणाम लिएर दोसे चरणको निर्बाचनमा जाने र त्यहाँ यो भन्दा बढी मत परिणाम एमालेको पक्षमा आउने उनले दावी गरे । उनले कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेलाई शून्यमा झार्ने बनाएको रणनीति असफल भएको दावी गरे ।
उनले दोस्रो चरणको निर्बाचन मुस्लिमहरुको पर्वको दिन नै पर्न गएकोले जेठ ३१ अगावै निर्बाचन मिति तोक्न सरकारसँग आग्रह गरे । जेठ ३१ बुधवार रहेकोले मुस्लिमको ब्रत बस्ने दिन भएपनि पर्व नभएको मो. इदरिस राइनले बताए । कान्तिपुरले लेखेको छ ।