स्थानीय निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि समिति गठन

स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । 
शनिबार बसेको संसद्को दोस्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचनसम्बन्धी छानबिन विशेष समिति गठन गरेको हो । समिति सदस्यहरुमा अर्जुनप्रसाद जोशी, राजेन्द्रप्रसाद पाण्डे, रामनारायण  विडारी, रमेशकुमार लामा र सुबोधकुमार पोखरेल रहेका छन् । 
वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा धाँधली भएको भन्दै एमालेले छानबिनका लागि माग गरेबमोजिम समिति बनाइएको हो । कान्तिपुरमा समाचार छ ।