प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता

प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका नेतृत्वको चुनावी प्रतिस्पर्धाका लागि आइतबार बिहानैदेखि उम्मेदवारी दर्ता भएको छ । 
निर्वाचन आयोगले आइतबार बिहान ८ देखि बेलुकी अपरान्ह ४ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय तोकेको छ । 
कपिलवस्तुमा कडा सुरक्षाकाबीच उम्मेदवारी दर्ता भइरहेको छ । 
प्रहरीले निक्कै सोधपुछ गरी उम्मेदवारीका लागि गेटभित्र पठाउने गरेकोछ । विस्तारै मनोनयन दर्ता गर्ने क्रम बढिरहेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए । कान्तिपुरमा समाचार छ ।