कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
आषाढ़ २१ गते, २०७४ मा प्रकाशित
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरपालिकामा एमाले विजयी भएको छ ।
कांग्रेसका खेलराज पाण्डेलाई २,३९८ मतले हराउँदै एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् । सुवेदीले २३२४९ मत पाए भने कांग्रेसका पाण्डेले २०८५१ मत ल्याए ।