गिरिराज खनाल
(हाल साउदी अरब)
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ । जनताको चाहाना देश भरिको ताजा परिणाम ले पनि एमालेनै मागेको छ चारै तिर बाट घेराबन्दीको बिचमा पनि एमाले देशकै पहिलो सक्तिको रुपमा उदाएको छ।
अहिलेको बास्तबिकता भनेको देशमा भएका सबै राजनीतिक पार्टी एक ठाउमा छन् । एमाले लाइ एक्लाउने कोसिस गरेकै थिए तर सत्तेको सदा जित हुन्छ भन्ने सहि साबित भयको छ ।
यो हाम्रो सामु छर्लंग छ एमाले लाइ अनेक आरोप लगाउदै हिड्न समेत पोछि परेनन् एमाले भनेको मधेसी, थारु जनजातिको विरोधी पार्टी हो भनेर हिड्दै गरे हामी एमाले मधेसी, थारु जनजातिको विरोधी होइन भन्दै खण्डन गर्दै हिड्नु बाध्या पारे हामी माथि लुकेर ढुङ्गा मुडा प्रहार गरे हामी टाउकोमा कप्पन बानेर हामि माथि लगाइएको भ्रम चिर्दै हाम्रो यात्रा लाइ निरंत्रता दियो।
आज तेसैको परिणम नेकपा एमाले मधेसी थारु तथा जनजाति समुदायको सबैभन्दा मित्र पार्टी हो भन्ने स्थानीय चुनावले प्रमाणित गर्यो । मधेसी, जनजाति तथा थारु समुदायले सबैभन्दा विश्वाश गरेको पार्टी एमाले हो भन्ने चुनावले छर्लङग पार्यो ।
एमालेले स्थानीय चुनावमा ऐतिहासिक जित हासिल गरेको छ । विरोधीहरुका अनेकौं झुठा आरोपलाई चिर्दै आज देशको पहिलो सक्तिको रुपमा उदाएको छ।
अब एमालेले यस्ता अर्थहिन आरोपको खण्डनमा समय लगाउनु हुँदैन जनता सामु गरेका प्रतिबद्दता पुरा गरेर देखाउनु पर्ने छ एमाले बोल्ने मात्र होइन गरेर देखाउने पार्टीहो भनेर प्रमाणित गर्नु पर्छ एमालेको सम्पूर्ण नेतागड कार्यकर्ता हातमा हात मिलायर देशलाई समृद्धिको दिशातर्फ अगाडी बढाउनु पर्छ गलत लाइ बिरोद गर्दै राम्रो लाइ स्वागत सल्लाह सुजाब गर्नु पर्छ ।