मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला सार्वजनिक कार्यक्रममा उभिएका बेला अचानक ओली भावुक बनेपछि हल नै स्तब्ध भयो । अरु बेला सधै कार्यक्रममा उखान टुक्का जोडेर हसाउने नेकपा एमालेका केपी शर्मा ओली मंगलबार निकै भावुक देखिए ।
नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसमा अवसरमा गरिएको कार्यक्रममा उनको भावकता देखेर वाताबरण नै अर्कोतिर मोडिएको थियो । अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले आफु सत्ताको बागडोरमा पुग्न सक्ने वा नसक्नेसँगै आफ्नो जीवनको चक्रसमेत बताइरहेको थिए ।
बोल्दै गर्दा ओलीले भने म जीवित रहन सफल भए केही प्रयास गर्छु नभए त्यसलाई तपाईहरुले पुरा गर्नुहोला । ’ ओलीस् बोल्दा बोल्दै केही महिलाको आँखाबाट आसुसमेत झरेको देखिन्थ्यो ।
ओलीले पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीसँग जोडेर भनाई राखेका थिए ।
नेपलापाटीबाट