अादरणिय दाजु नमस्कार । अाराम रहि अाराम काे कामना गर्दछु । तपाईं संग भेटेर छलफल गर्ने ईच्छा हुदा हुँदै पनि हजाराै डाडा पारि भएकाेले असम्भव हुदा याे पत्र लेखेकाे छु ।
यति बेला म भारतकाे न्यु दिल्ली काे काेट्ला काे काेठामा बसेर याे पत्र लेख्दै छु । ठिक अाजकै दिन १ बर्ष ६ महिना २ दिन अगाडिकाे न्यु दिल्ली काे मेदान्त हस्पिटल मा नया तर कता कता देखे जस्ताे अनुहार निलाे ब्यनचमा निलाे पलिथिनकाे ब्याग छाेपेर बसेकाे ब्यक्ति देखे परदेशकाे ठाउँ अनुहार देख्दा चिनेकाे जस्ताे लागेयाे र साेधे (अाप नेपाल से हे ) भन्न साथ हजुर म नेपाल वाट हाे भन्नू भयाे । मैले मेराे घर अर्घाखाँची हाे हजुर लाई देखे जस्ताे लागेर साेधे भन्न साथ म चेतनारायण आचार्य एमाले जिल्ला अध्यक्ष हाे भन्नु भनेकाे याद अहिले सम्म छ , जति वेला त्याे तपाईकाे अनुहार हर्दा मेरा अाखाँ भरि अाशुले रसाएका थिए ।
त्यति बेला म हजुर संग केही कुरा गरुकि मेराे अाखाँ वाट अाशु झर्नमात्र बाकि थियाे ।मैले भगवान संग प्रथार्ना गरेकाे थिए भगवान याे मान्छेलाई बचाई दिनुहाेस ।तर म अाफैलाई लागेकाे थिएन कि तपाईं बाचेर याे धर्ती मा अरुकाे सेवाकाे लागि नयाँ जीवन लिएर अाउनुहन्छ हाेला भनेर ।तर अाज मलाई त्याे दिन सम्झदा सपना जस्ताे लागि रहेकाे छ। किन कि तपाईकाे कुरुवा संग कुरा गर्दा उहाँ सम्म भक्कानिएर रुदा मैले पनि अासु राेक्न सकेकाे थिईन ।
मैले याे पत्रमा हजुरलाई भन्न त धेरै केही थिएन तर जतिवेला तपाईकाे प्रदेश सभाकाे उम्मेदवारी काे समचार देखे त्यतिवेला देखि नै मलाई कति वेला भेटाै जस्ताे लागि रहेकाे थियाे ।तर प्रदेशकाे ठाउँ समयमै छुट्टि नपाउने हुदा भेट हुन सकिएन तर अाज म खुसि छु ।
अाज सम्म मेराे गाउँ /टाेल घरमा गएर कसैले मेराे बुवा अामालाई भेटेर भाेट मागेकाे थिएन तर हजुर मेरा घरमा गएर भाेट मात्र माग्नु भएनछ सन्नचाे ,विसन्चाे मात्र नभई गाउँमा गर्नु पर्ने विकास का काम पनि साेध्नु भएछ बुवाले फाेनमा भन्नू भएकाे ,नेता अाएका थिए भनेर त्यसैले याे पत्र मार्फत हजुरलाई सम्झेकाे छु ।
समाचार र समाजिक सञ्जाल मार्फत थहा पाए अनुसार तपाई काे उम्मेदवारीले जिल्लामा निकै चर्चा पाएकाे छ रे । नपाउस पनि किन मृत्युु काे मुखवाट बाचेर फर्केकाे मान्छे तपाई कराैडाेैमा एक हुनुहुन्छ ।
मंसिर २१ गते हुने चुनावमा म जस्ता हजाराै प्रदेशि भाेट राख्न अाउन त पाउदिनाै तर तपाईं जस्ताे ईमानदार विकास प्रेमि व्यक्ति ले जित्नकाे लागि शुभकामना दिन मात्र सक्छाै । यश पटक मैले मेराे गाँउ क्षेत्रमा रहेका सम्पृर्ण साथि भाइ , छरछिमेकि अाफन्तहरुलाई भनेकाे छु चेतनारायण लाई भाेट दिनु भनेर । अनुमानले त मलाई लाग्छ तपाईकाे जित निश्चित छ हाेला तर जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै जति विकास हुनु पर्नि थियाे त्यति विकासकाे अनुभूति गर्न पाएकाे छैन जिल्लाले म पृर्ण विश्वास र भरोसा राख्दछु । किन भने जिल्लामा तपाईं जस्ताे कुशल, ईमानदार ,जुझारु नेताले जितेमा केही विकासकाे अनुभुति महशुस जिल्ला ले अवश्य गर्ने अवसर पाउने छ ।
अाज जिल्ला क्षेत्र नम्बर १ का जनताले तपाईं जस्ताे कुशल , ईमानदार ,विकास प्रेमि ,जुझारु
व्यक्ति लाई मतदान गर्ने अवसर प्राप्त गर्दै छन । तपाईं जस्ताे जिल्ला बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध अर्घाखाँची निर्माण गर्ने तपाईकाे याेजनाले सार्थकत दिलाउनकाे निम्ति तपाईले जित्नु अावश्कछ । जिल्लाकाे समृद्धि र विकास महायात्रामा म यश पटक खुलेर नै तपाईं प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ याे महायात्रामा सहभागी हुँदैछु ।
अन्तयमा म भाेट राख्न अाउन नसके पनि मेराे शुभेच्छा सहित शुभकामना दिन चहान्छु । तपाईकाे जित जिल्ला काे विकास र समृद्धि काे साथै अहिलेकाे लागि हैन भविष्य काे लागि हुनेछ ।शुभकामना,
यति भन्दै यहिलेलाइ याे पत्रवाट विदा हुँदै अरु फेरि भेटमै कुरा गराैला ।
उहि तपाईकाे
शुभचिन्तक
श्याम लाल मुखिया
हाल भारत