सिन्धुली,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको समयमा काम पूरा गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन र काममा ढिलासुस्ती गर्नेहरुलाई दन्डित गर्ने नीति सरकारले लिएको दाबी गरेका छन् ।
बुधबार सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट र कल्पवृक्ष जोड्ने मरिण नदीमाथि निर्मित पुलको उद्घाटन गर्दै उनले ठेक्का लिएर काम पूरा नगर्नेहरु कारबाहीको दायरामा आउने बताए ।
सो अवसरमा पुल निर्माण गर्ने कालिका–रसुवा–तुदीको कम्पनीलाई समयअगावै काम सम्पन्न गरेको भन्दै सम्मानसमेत गरिएको थियो । सो कम्पनीले दुई वर्ष नबित्दै पुल निर्माण सम्पन्न गरेको हो । इमेज खबरमा समाचार छ ।



