कांग्रेसले प्रतिपक्षीको भूमिका जिम्मेवारीपूर्वक निभाउनुपर्नेमा जोड

काठमाडौं, नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका जिम्मेवारीपूर्वक निभाउनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् ।

बुधबार राजधानीमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको १६औं साधरणसभामा सहभागी वक्ताहरुले कांग्रेसले पाँच वर्ष जिम्मेवारीपूर्वक प्रतिपक्षीको दायित्व बहन गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक विश्लेषकहरु निलाम्बर आचार्य, कृष्ण खनाललगायतले विगतमा कांग्रेसले पनि थुप्रै गल्ती गरेको भन्दै अब त्यस्ता कमजोरीहरु नदोहोर्‍याउने विश्वास जनतालाई दिनसक्नुपर्ने बताए ।

कार्यक्रमका अरु वक्ताहरुले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको योगदानको चर्चा गर्दै सिंहको विषयमा अध्ययन, अनुसन्धान हुनुपर्ने बताएका थिए ।
सो अवसरमा बेखारत्न शाक्यलगायतका पुराना नेताहरुलाई सम्मानसमेत गरिएको थियो । इमेज खबरमा समाचार छ ।