श्री छत्रमहाराज कोट दरवारको आन्तरीक आम्दानी न्यून बन्दै


गोमा भुसाल 
छत्रदेव, अर्घाखाँची ।  श्री छत्रमहाराज कोट दरवार अपेक्षाकृत्त चर्चामा आउन नसक्दा आन्तरीक आम्दानी न्यून बन्दै गएको छ । 
कुनै समय छत्रमहाराज बसेको र मन्दिर समेत निर्माण भएको कारण उनैको नामवाट अर्घाखाँचीमा छत्रदेव गाउँपालिका नामाकरण गरिएको हो । करिब ५ हजार बर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा, युद्ध अवलोकन गर्न आएका छत्रमहाराजाको शीर भगवान श्री कृष्णबाट क्षेदन भएपछि पहाडी खण्डको यस क्षेत्रमा उनले बस्न चाहाना गरे अनुसार भगवान श्री कृष्ण र पाँच पान्डवहरुले छत्रमहाराजलाई यो स्थानमा राखेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोजवहादुर रायमाझीको भनाई छ ।
   पैंयुका रुखमुनी पूर्जा गर्दै आएको यस स्थानमा अंग्रेज र मुश्लिमको लाडाईमा नेपालको तर्फवाट अंग्रेजको सहयोगार्थ भारतको लखनौमा जाँदा पाल्पा जिल्लाका बहादुर कर्नेलले युद्धमा विजयी प्राप्त गरेमा दरवार र मन्दिर बनाउने भाक्कल गरेका र भाक्कल पुरा भएपछि सन १८५० मा मन्दिर तथा दरवार निर्माण भएको बुढापाकाहरुको भनाई छ । जम्मा १२ रोपनी क्षेत्रफलमा फैलिएको यो परिसर भित्र ५ पान्डवको मन्दिर, गणेश, शिवालय तथा छत्रमहाराजाको मन्दिर रहेको छ । आईतवार, पूर्णिमा, चैते दशैको रामनवमी, बुद्ध जयन्ती, वडादशैमा पुरा समय र न्वाईखाने दिन मात्रै पूजा गर्ने गरिन्छ । अप्ठयारोमा परेको समय यो मन्दिरलाई सम्झीएमा मनोआकांक्षा पुरा हुने स्थानिय विस्वास अनुसार रागाँ, भेडा, कुखुरा, हाँस र परेवा चडाउने यहाँको परम्परा छ ।  मन्दिरको संरक्षण र महत्वलाई चिनाउन आफुहरुले सुधारका कार्यहरु अगाडी बढाएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ प्रोखेलले बताएका छन ।
यो मन्दिर सँग करिव ५० रोपनी गुठीको जमिन भएपनि खानेपानीको ठुलै समस्या रहेको छ । त्यसो त, सुख्खा क्षेत्र कै रुपमा चिनिने छत्रदेव गाउँपालिकामा बार्षिक २२०० मिलिमिटर भन्दा कम वर्षा हुने गर्दछ । खानेपानी र सिचाइको ठूलो समस्या रहेको यस क्षेत्रमा आर्थिक संमृद्दिको लागि खानेपानी र सिचाइमा सबैको ध्यान जानुपर्ने प्रमुख प्रशासधिय अधिकृत खिमानन्द भुसाल बताउ छन् । साविकका बल्कोट, केरुङ्गा,छत्रगञ्ज, ठूलापोखरा, भगवती गाविसको सबै भाग र चिदिका गाविसको १ नं. देखि ८ नं. वडा , अर्घातोष गाविसको २ नं. देखि ५ नं. वडा सम्म र मरेङ्ग गाविसको ७ नं. देखि ९ नं. वडा सम्मका भुभाग लाई मिलाई छत्रदेव गाउँपालिका गठन भएको हो । 
गाउँपालिका भित्र खरको छाना देखी काठको पोल मुक्त लगायत स्वस्थ्य, शिक्षा लगायतमा उल्लेखनीय सफलताहरु भित्रिएको भएपनि पानी र बाँदर आतंक ठुलै चुनौती भएको प्रमुख प्रशासकिय अधिकृत भुसालको कथन रहेको छ । समस्याहरु जे जस्ता भएपनि गुल्मी जिल्ला सँग जोडिएको छत्रदेव गाउँपालिकामा अवस्थीत छत्रदेव महाराज परिसरको संरक्षण, सम्र्वद्धन तथा प्रचारप्रसार गर्न सक्ने हो भने आन्तरीक र वाहय पर्यटकका लागि कोछे ढुङ्गा सावित हुनेछ ।
गाउँपालिकको सिमाना
पूर्वमा – गुल्मी जिल्ला
पश्चिममा – सन्धिखर्क नगरपालिका
उत्तरमा –मालारानी गाउँपालिका र गुल्मी जिल्ला
दक्षिणमा(पाणिनि गाउँपालिका

अन्य समाचारहरु