छत्रदेवको ठुलापोखरामा वर्षाका कारण गोठ भत्किदा लाखौंको क्षति, गाई भैसी मरे

 श्याम घिमिरे
ठुलापोखरा, अर्घाखाँची जेठ २४  – अर्घाखाँची जिल्लामा गएराति परेको अविरल वर्षाका कारण किसानको गोठ भत्किदा लाखौंको क्षति भएको छ । 
जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ६ ठुलापोखराको जरेखोलामा पशुपालन व्यवसाय गर्दे आएका मोहन मुखियाको कच्ची गोठ भत्किदा गोठमा रहेका गाई भैसी मरेका हुन । गोठ भत्किदा एउटा दुहुनो भैंसी र एउटा होल्याण्ड ब्याउने गाईको मृत्यु भएको छ भने एउटा जर्सि गाई पुर्णरूपमा घाईते अवस्थामा रहेको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभएको छ ।
एक महिनाको अन्तरालमा मुखियाको एक वटा भैंसिको मृत्यु भईसकेको र दुध विक्रीका लागी सन्धिखर्क गएको समयमा उनको एउटा मोटरसाईकल समेत आफै जलेर नष्ट भएको थियो । यसरी मुखियालाई करिब रू ५ लाखकोे क्षति भएको वडाअध्यक्ष पौडेलले बताउनुभयो ।
एउटा विपन्न किसानको छोरा कृषि तथा पशुपालनको क्षेत्रमा आबद्ध भई गाउँमै रोजगारी सृजना गरेर बसेको अबस्थामा पिडा माथि पिडा थपिएको भन्दै अध्यक्ष पौडेलले दुख्ख व्यक्त गर्नुभएको छ । पौडेलले दुःखको समयमा मलम लगाउन सहयोगी मनहरूलाई सहयोग संकलन अभियानमा साथ दिन आग्रह गर्दे स्थानिय सरकारको तर्फबाट सम्भव भएसम्मको राहत सुविधाका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । आजै पौडेलले सहयोग स्वरुप व्यक्तिगत रुपमा मुखियालाई रु ५ हजार हस्तान्तरण गर्नुभएको बताईएको छ ।

अन्य समाचारहरु