माओवादीका अधिकांश नेता संविधानसभाको निशर्त म्याद नथप्ने पक्षमा

Unified Communist Party of Nepal (Maoist) (UCPN-M) Chairman Prachanda (L) talks with Maoist leader Babu Ram Bhattarai during a mass meeting on the third and final day of a general strike in Kathmandu, capital of Nepal, Dec. 22, 2009. Prachanda called for an indefinite strike next month on the heels of a three-day work stoppage. (Xinhua/Bimal Gautam)

संजिधानसभाको भविष्यबारे अन्यौल कायमै रहंदा प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अधिकांश नेताहरुले संविधानसभाको म्याद थप्न सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई निशर्त समर्थन गर्न नहुने भनाइ राखेको सो पार्टीका प्रवक्ताले बताएका छन्।

 

पार्टि प्रवक्ता दिनानाथ शर्माका अनुसार माओवादीको केन्द्रिय समितिको बैठकमा बोल्ने मध्ये झिनो संख्याले मात्रै संविधानसभाको म्याद थप्नैपर्ने बताएका थिए।

तीन दिनदेखि राजधानीमा जारी केन्द्रिय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम आइतबार सकिएको छ।


त्यसरी धारणा राख्ने १२३ जनामध्ये अधिकांशले प्रधानमन्त्रीको राजीनामा नआइ माओवादीले संविधानसभाको म्याद थप्न नहुने विचार राखेको प्रवक्ता दिनानाथ शर्माले बताए।