-गणेश चुदाली, हाल काठमान्डौ
पहिले प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको ढोका खोल्ने वा सहमतिको ढोका खोलेर प्रधानमन्त्रीले राजीनामा दिने भन्ने विवादमा अल्झिएका दलहरु सहमतिका लागि आज पनि छलफल गर्दैछन् ।
हिजो साँझ अबेरसम्मको छलफलमा पनि सहमति जुटाउन नसकेपछि दलहरुबीच आज पनि छलफल हुँदैछ । अहिले केहीबेरपछि हुने छलफलमा यसअघि मिल्न नसकेको विषयमै कुराकानी हुने नेपाली कांग्रेसका प्रवक्ता अर्जुनरिसंह केसी बताउनुभयो ।
माओवादीले राखेको शर्तअनुसार प्रधानमन्त्रीले राजीनामा गराउन सहमत भएपनि राजीनामा अघि संविधान संशोधन गर्नुपर्ने सेना समायोजनको प्रारम्भिक खाका तय हुनेपर्ने र संविधानको घोषणा नहुँदै माओवादी लडाकुको सम्बन्ध पूरै विच्छेदको ग्यारेन्टी गर्नुपर्ने काङ्ग्रेस एमालेको अडान कायम छ ।
प्रधानमन्त्रीको राजीनामा पहिले वा सेना समायोजनको सहितका मुद्दाको छिनोफानो पहिले भन्नेमा मात्रै गाँठो अड्किएको छ ।