यसअघि संविधानसभा परिसरमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्षस्थ नेताहरुबीच शुक्रबार दिनभरि जसो नै घण्टौं छलफल र बैठकहरु भएका थिए।
नेपालको अन्तरिम संविधानले तोकेको संविधानसभाको दुई बर्षे म्याद सकिने अन्तिम क्षणमा आएर संविधानसभाको म्याद थप्न दलहरु सहमत भएका थिए।
शुक्रबार बिहान आठ बजे बस्ने भनेको बैठक शुक्रबार राती एघार बजेर चालिस मिनेटमा मात्र बसेको थियो।
शनिबार बिहान सवा एकबजेतिर भएको मतदान पछि अन्तरिम संविधानको आठौं संशोधन गर्न सरकारले राखेको प्रस्ताव पारित भएको सभामुख सुवास नेम्बाङले घोषणा गरेका थिए।
संविधानसभाका ५८५ उपस्थित सदस्यहरुमध्ये ५८० जनाले प्रस्तावको पक्षमा र पांचजनाले मात्र विपक्षमा मत हालेको उनले जनाएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मात्र प्रस्तावको विपक्षमा मतदान गरेको थियो।
तर दलहरुबीच आपसी अविश्वास कायमै रहेकाले आगामी दिनहरु अरु जटिल हुने आशंका भने मेटिइसकेको छैन।
छलफल
संविधानसभा भवन नयाँ बानेश्वरमा भएको बैठकमा तीन दलका प्रमुख नेताहरुले म्याद थपका लागि बीचको बाटो खोज्ने प्रयत्न गरेका थिए।
सबैले जित्ने खालको समाधान खोज्ने भन्दै ती नेताहरुले यस अघि राख्दै आएका आ-आफ्ना अडानलाई एकसाथ संबोधन गर्न खोजेका थिए।
बैठकका सहभागी कांग्रेस प्रवक्ता अर्जुन नर्सिंह के सीले सरकारको राजीनामा र छ बुँदे प्याकेजमा एकसाथ सहमति गर्ने प्रयत्न भइरहेको बताए ।
एकजना माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि म्याद थपिनेमा सकारात्मक सुनिन्थे।
उनले भने,



