तेस्रो गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइएका समाचार प्राप्त भएका छन् । देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको हो।
भद्रपुरः यसै अवसरमा आज झापामा जिल्ला समारोह समितिको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट गणतन्त्रको झाँकी, गाँजाबाजाका साथ निस्केको प्रभातफेरी बजारक्षेत्रको परिक्रममा गरी सभामा परिणत भयो ।
प्रभातफेरीमा सहिद पिता, ब्रहृमकुमारी राजयोगसेवा केन्द्र, स्काउट, कर्मचारी तथा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताको सहभागिता थियो । सो सभामा जनआन्दोलनको क्रममा झापाका सहिद राजन गिरीका पिता केदार गिरी र सहिद सुरज विश्वासका पिता शान्ति विश्वासलाई प्रजिअ यादवप्रसाद कोइरालाले दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
उक्त अवसरमा वक्ताहरुले सहिदको बलिदानबाट प्राप्त गणतन्त्रको जगेर्ना गर्नका लागि सबैलाई मिलेर अगाडि बढनुपर्ने, मुलुकमा कस्तो खालको गणतन्त्र चाहिएको छ भने विषयमा राजनीतिक पार्टी स्पष्ट हुनुपर्ने र एक वर्षभित्रमा संविधान निर्माणको कार्यमा दत्तचित भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला मूल समारोह समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रजिअ यादवप्रसाद कोइराला, सहिद पिताद्वय केदार गिरी, शान्ति विश्वास, एमाओवादीका बोधराज दाहाल, एमालेका पुष्पराज पोखरेल, नेपाली काँग्रेस झापा उपसभापति उद्धज थापा, जिल्ल्ाा न्यायाधिवक्ता प्रकाश श्रेष्ठ, बहृमकुमारी राजयोगसेवा केन्द्रकी सञ्चालिका शान्ति दिदीलगायतले बोल्नुभएको थियो ।
दैलेख- संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको स्मरणमा हरेक वर्ष मनाइँदै आएको गणतन्त्र दिवसको अवसरमा दैलेखमा आज बिहान प्रभातफेरी र्याली निकालिएको छ ।
नेपाली सेना र नेपाल प्रहरीको ब्याण्डबाजासहित राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी र आम सर्वसाधारणको समेत व्यापक सहभागितामा सदरमुकाम दैलेखबजारको गणेशचौकबाट आरम्भ भएको प्रभातफेरी र्याली नगर परिक्रमापश्चात् टँुडिखेल खुला मैदानमा पुगी सभामा परिणत भएको थियो ।
सभामा जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित विभिन्न अभ्यास खेलका प्रशिक्षार्थीले आफ्ना खेल प्रदर्शन गरेका थिए ।
सो सभा गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक निमित्त स्थानीय विकास अधिकारी दिलबहादुर शाहीको सभापतित्वमा भएको थियो
इलाम -मङ्गलवारे) – गणतन्त्र दिवसका अवसरमा इलामको चोकबजारमा भएको भेला नगर परिक्रमापछि ठूलो टुंडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो । सोही अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
सभामा राजनीतिक दलका नेताहरुले दुई वर्षसम्म पनि संविधान नबनाएको भन्दै आफ्ना नेताहरुको विरोध गर्दै दलहरुले सत्ताको मोहलाई छाडेर संविधान सभाले दिएको जनादेशबमोजिम अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भूपराज राईको अध्यक्षतामा भएको सो सभा भएको थियो
सो अवसरमा आज साँझ इलाम चोकबजारमा दिपावलीका साथै विभिन्न कार्यक्रम गर्ने आयोजकले बताएको छ ।
म्याग्दी -बाबियाचौर)



