प्रधानमन्त्रीको राजीनामाका बारे भएको भनिएको सहमतिको आफु खुशी व्याख्या गरेपछि तीन दलहरु बीच वार्ता ठप्प

संविधानसभाको आयु बढाउँदा तीन बुँदे सहमति गरेका ठूला तीन दलहरु सत्ताधारी नेपाली काँग्रेस, एमाले र मुख्य विपक्षी माओवादीले प्रधानमन्त्रीको राजीनामाका बारे भएको भनिएको सहमतिको आफु खुशी व्याख्या गरेपछि ती दलहरु बीच वार्ता ठप्प भएको छ।

 

संविधानसभाको आयु बढाउन तीन बुँदे सहमति गरेका ठूला तीन दलहरुबीच तीन दिन पछिनै वार्ता ठप्प भएको छ।

सत्ताधारी नेपाली काँग्रेस, एमाले र मुख्य विपक्षी माओवादीले प्रधानमन्त्रीको राजीनामाका बारे भएको भनिएको सहमतिको आफुखुशी व्याख्या गरेपछि गतिरोध भएको हो।


प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गर्ने कुरामा सत्ताधारी दलहरु र विपक्षी दलबीच मतभेद छैन।


तर कहिले राजीनामा गर्ने भन्ने कुरामा मतभेद नसुल्झिएपछि ३ बुँदे सहमति कार्यान्वयन गर्ने वार्ता अड्केको छ।


औचित्य


माओवादी स्थायी समितिले सत्ताधारी दलहरु इमान्दार नभएको आरोप लगाउँदै वार्ताबाट अलग हुने निर्णय गरेको छ।


माओवादी प्रवक्ता दीनानाथ शर्माले भने,