उन्नाइसौं विश्व अर्थतन्त्र मञ्चअन्तर्गत पूर्वी-एशिया सम्मेलन आज भियतनामको हो छि मिन शहरमा शुरु भयो। विश्वका लगभग पचास आर्थिक समूहका चार सय जनाभन्दा बढी सरकारी अधिकारी, उद्योग तथा वाणिज्य क्षेत्रका व्यक्ति, विज्ञ तथा विद्बानले दुई दिने सम्मेलनमा “एशियाको नेतृत्व भूमिकालाई पुनःसोच-विचार पुर्याउने”विषयबारे छलफल गर्नुहुने छ।
भियतनामका प्रधानमन्त्री न्गुयन थान डुङले उद्घाटन समारोहमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय बैकिङ संकट पछि पूर्वी-एशिया विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि एक महत्वपूर्ण प्रबर्द्धन शक्ति बनेको र पूर्वी-एशियाले नयाँ, झन् प्रभावकारी र प्रजातान्त्रिक अन्तर्राष्ट्रिय परिपाटीको स्थापना गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्ने मनसाय लिएको कुरा बताउनुभयो।
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष वाङ च चन, लाओसका प्रधानमन्त्री बोओसोङ्ग, कम्बोडियाका प्रधानमन्त्री हुङ सेन र म्यानमारका प्रधानमन्त्री थैन सेन उक्त सम्मेलनको उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो।



