अन्तर्राष्ट्रिय समाजले इरानी आणविक समस्यामा सहमतिलाई कायम राख्न महत्वपूर्ण भएको कुरा रुसी राष्ट्रपतिद्बारा व्यक्त

Medvedev hopes irresponsible Iran listening

 

जर्मनीको भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति डमिट्रि मेदभेदेभले हिजो उत्तरी जर्मनीको मेसेवर्गमा बोल्दै अन्तर्राष्ट्रिय समाजले इरानी आणविक समस्यामा सहमतिलाई कायम राख्न महत्वपूर्ण भएको र इरानमाथि नाकाबन्दी नलगाइकनै इरानी आणविक समस्याको समाधान गर्नसक्ने आशा लिएको कुरा बताउनुभयो।

श्री मेदभेदेभले हिजो जर्मनीका प्रधानमन्त्री एन्जेला मर्केलसँग भेट-वार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

श्री मती मर्केलले निकट भविष्यमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले इरानमाथि नाकाबन्दी लगाउने कदमलाई सार्वजनिक गर्ने सम्भावना रहेको र यो साझा निर्णय हो भन्दै महत्वपूर्ण पाइला भएको कुरा बताउनुभयो।